• २६ वैशाख २०८१, बुधबार

सरकारी छाप र दस्तखत किर्ते गर्ने तीन पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, भदौ २७ गते ।
 सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुतली बजार नगरपालिका–१ का ३३ वर्षीय राम प्रसाद पौडेल, ४० वर्षीय शालिकराम शर्मा र पोखरा महानगरपालिका १७ बस्ने ४७ वर्षीय रामचन्द्र सुवेदी छन् ।

प्रहरी निरीक्षक पहल सिंह लामाका अनुसार पौडेललाई स्वयम् विदेश जाने प्रयोजनार्थ सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउ परेका पौडेलले रा.प तृतीय श्रेणीको अधिकृत भएको कागजातको आधारमा अष्ट्रलेलिया जाने तयारी गरेको अवस्थामा दूतावासले शङ्का लागि नगरपालिकामा सोधपुछ गर्दा नक्कली भएको प्रमाणित भएपछि प्रहरीले पक्राउ गरेका हो ।

यस्तै, शर्मालाई नगरपालिकाको छाप बनाउन सहयोग गरेको र सुवेदीलाई नक्कली छाप सुरक्षित ढङ्गले राखेकाले पक्राउ गरेको हो ।

किर्ते कामका मुख्य आरोपित पौडेले आफूले नक्कली कागजात बनाई विदेश जाने तयारी गरेको स्वीकार गरेको प्रहरी निरीक्षक लामाले बताउनुभयो ।