गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । उपप्रधान तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभा सदस्य एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै देशले एक शालीन र असल नेता गुमाएको बताउनुभएको छ ।
उहाँले मंगलबार बिहान भएको नेम्वाङको आकस्मिक निधनले स्तब्ध र दुःखी बनाएको बताउनुभयो । उहाँले नेम्वाङसँग वर्षौँदेखि अति निकट मित्रता रहेको र सहमति र सहकार्यको राजनीतिक यात्राबारेमा स्मरण गर्नुभएको छ ।