• २ कात्तिक २०८१, शुक्रबार

आठ क्विन्टल काजु बरामद

blog

काजु बरामद गर्दै प्रहरी । तस्बिर : नेपाल प्रहरी

दिपकप्रसाद गौतम

वीरगञ्ज, भदौ २५ गते । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज १० स्थित एक गोदाममा छापामारी आठ क्विन्टल काजु बरामद गरेको छ । 

सशस्त्र प्रहरीले भन्सार छली भित्र्याइएको आशंकामा विशेष सूचनाको आधारमा सो परिमाणको काजु बरामद गरेको हो । 

वीरगञ्ज महानगरपालिका –१० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको बजरंग टोलको मगनी राउतको घरमा रहेको गोदाममा सोमबार सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह र वीरगञ्ज भन्सार कार्यालयका अधिकृत दिपेन्द्र शर्मा पौडेलको नेतृत्वमा खटिएको टोलिले काजु बरामद गरेको छ ।  

सशस्त्र प्रहरीका नायब उपरीक्षक सिंहले बरामद गरिएको काजुको अनुमानित बजारमूल्य ७ लाख २० हजार रुपियाँ रहेको जानकारी दिनुभयो । बरामद गरिएको काजु आवश्यक थप कारकाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको र काजु कस्को हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।