• १ जेठ २०८२, बिहिबार

पश्चिम पृतना सैन्य आधार तालिमबाट ९३ जना सैनिक दीक्षित

blog

पश्चिम पृतना हेडक्वाटरमा सञ्चालित सैन्यआधार तालिमबाट दीक्षित सैनिक जवानलाई सम्बोधनका क्रममा पश्चिम पृतना पोखराका पृतनापति उपरथी दिपककुमार बानिया । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, भदौ २५ गते । पश्चिम पृतना हेडक्वाटरमा सञ्चालित सैन्यआधार तालिमबाट ९३ जना सैनिक दीक्षित भएका छन् । जसमा गण्डकी प्रदेशबाट ४२, बागमतीबाट १४, लुम्बिनीबाट २२ र कर्णालीबाट १५ जना रहेका छन् । यसैगरी पश्चिम पृतना हेडक्वाटरअन्तर्गत विभिन्न ८ वटा गणहरुमा गरी ६ सय ७५ जना दीक्षित भएका हुन् । उहाँहरु आजैबाट कार्यक्षेत्रमा प्रवेश गर्नुभएको छन् ।

दीक्षित भएका सैनिक जवानलाई सम्बोधन गर्नुहुदै पश्चिम पृतना पोखराका पृतनापति उपरथी दिपककुमार बानियाले नेपालको गौरवमय इतिहास बोकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्वच्छ छवि भएको नेपाली सेनाको गरिमामय संगठनमा प्रवेश गरेकोमा दीक्षित भएका सेनालाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाली सेना राष्ट्र, जनता र संस्थाप्रति समर्पित एक कर्मठ, इमान्दार र अनुशासित सेना भएको बताउनुभयो । 

उहाँले माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै मुलुक र राष्ट्रको सेवामा लाग्न आग्रह गर्नुभयो । राष्ट्रको मेरुदण्ड भनेको सेना हो भने सेनाको मेरुदण्ड तालिम भएको उहाँले स्पष्ट पार्दै सेना बलियो भएमा मात्र देश बलियो हुने बताउनुभयो ।

पृतनापति बानियाले नेपाली सेनाले सीमित स्रोत, साधनको उपयोगगरी वैज्ञानिक, वस्तुगत र लक्ष्य प्राप्तिलाई टेवा दिने किसिमको तालिम सञ्चालन गर्दैआएको जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, भौगौलिक अखण्डता र राष्ट्रिय एकताका लागि प्रतिबद्ध नेपाली सेनाको दायित्व रहेको समेत उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा दीक्षित जवानहरुलाई सपथ गराइएको थियो भने सर्वोत्कृष्ट सैन्य पर्वत जलजला गाउपालिकाका ईश्वर दर्जीलाई पुरस्कार प्रदान गरिएको थियो ।