• १३ मंसिर २०८१, बिहिबार

बेपत्ता आमाछोरा तीन दिनपछि सम्पर्कमा

blog

सम्पर्कमा आएका आमाछोरा ।

रमेशकुमार वोगटी

मान्मा, भदौ २३ गते । कालीकोटको सदरमुकाम मान्मा बजारबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा–छोरा तीन दिनपछि आज २ बजेर २७ मिनेटमा आफन्तको सम्पर्कमा आएका छन् । 

बिहीबार रातिदेखि चार वर्षीय छोरासहित बेपत्ता भएकी गीता जैसी आफू नेपालगञ्जमा भएको जैसिकी दिदी नाता पर्ने पवित्रा जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बहिनी गीतासँग कुरा हुँदा आफुससँगै छोरालाई तीन जनाले बेहोस बनाइ अपहरण गरी नेपालगञ्जको जङ्गलमा लगेर छाडेको हुन् तर अहिले बहिनी आफूहरूको सम्पर्कमा आएकी छन् ।

बिहीबार राति ९ बजे मान्मा बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठामा गएका आमाछोरा राति नै बेपत्ता भएका थिए । जैसी र उनका नाबालक छोरालाई राति नै बेहोस पारी नेपालगन्ज लग्ने शाही परिवार हुनसक्ने माइती पक्षको आरोप छ । 

पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी –१ लुसा माइतीघर भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उहाँका ४ वर्षीय छोरा टेकेन्द्र शाही मान्मा नावगैरास्थित कोठाबाट बेपत्ता भएका थिए । जैसी दैलेख भगवतीमाई गाउँपालिका –५, कट्टीघर भएर मान्मा बजारमा व्यवसाय गर्दैआएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । 

जैसी अहिले बाँकी प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिनुभयो ।