नवलपरासी समाचारदाता
कावासोती (नवलपरासी), भदौ २३ गते । गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गण्डकी प्रदेश सरकारले प्रदेशको विकासमा ऐतिहासिक काम गर्ने बताउनुभएको छ । उहाँले गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता प्रदेशभरि शिक्षा, खानेपानी, बिजुुली पुु-याउने रहेको बताउनुभयो ।
नवलपरासी पूर्वको पृथ्वी माध्यमिक विद्यालयको ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा मन्त्री जिसीले यस्तो भन्नुभएको हो । प्राथमिकताका आधारमा शिक्षा, खानेपानी र बिजुुली प्रत्येक नेपालीको पहिलो अधिकार भएकाले यसलाई पूरा गरेर अघि बढ्ने स्पष्ट पार्नुुभयो ।
उहाँले कृषि क्षेत्रमा गण्डकी प्रदेश सरकारले राम्रा योजना अघि सार्नुका साथै सरकारले किसानलाई सर्वसुलभ मल बिउ अनुुदानजस्ता लोकप्रिय कार्यक्रममार्फत अघि बढेको स्पष्ट पार्नुुभयो । मन्त्री जिसीले नवलपुुरको विकासमा प्रदेश सरकारले चासो राखेको बताउँदै कृषिमा अध्ययन गर्ने बालबालिकाका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । नवलपुर जिल्ला कृषिमा आत्मनिर्भर जिल्लाका रूपमा रहेकाले यहाँ उत्पादन हुने सुुन्तला, अदुुवालगायतका नगदेबालीको प्रवर्धनमा प्रदेश सरकारले काम गर्ने बताउनुभयो ।
उहाँले नवलपुरको विकास प्रदेश सरकारको पहिलो दायित्व भएकाले आफ्नो उद्देश्य पनि नवलपुरको विकासमा लाग्ने र यो जिल्लालाई नमुना जिल्ला बनाउने रहेकोमा जोड दिनुभयो ।