• १४ मंसिर २०८१, शुक्रबार

सडक कालोपत्रे

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, भदौ २२ गते । यहाँको फेदीखोला गाउँपालिकाले साढे दुई किलोमिटर सडक कालोपत्रे गरेको छ । सङ्घीय सरकारसँग साझेदारीमा पालिकाले खड्केटारी–पन्चासे सडकको दुई किलोमिटर सडक कालोपत्रे गरेको हो । 

इन्जिनियर तारानाथ पौडेलले पालिकाले पन्चासे सडकको फेदीखोला गाउँपालिकामा पर्ने १३ किमि सडकमध्ये यो वर्ष एक तिहाइ कालोपत्रे भएको बताउनुभयो । सङ्घीय सरकारको ५० प्रतिशत साझेदारीमा प्रिमिक्स कार्पेटिङ कालेपत्रे दुई करोड ३४ लाख ६५ हजार १११ रुपियाँमा गरिएको हो । 

पालिकाका अध्यक्ष घनश्याम सुवेदीले पोखरा कन्स्ट्रक्सन प्रालि पोखराले सम्झौताको नौ महिना समय बाँकी हुँदै सडक कालोपत्रे गरेर पालिकालाई बुझाएकोे बताउनुभयो । पोखरा कन्स्ट्रक्सन पोखराले २०७९ फागुन ३ गते २०८१ जेठ २ गते काम सक्ने गरी सम्झौता गरेको थियो । 

यस्तै पालिका र प्रदेश सरकारको साझेदारीमा आधा किलोमिटर कुभिन्डे–मट्टिखान–नुवाकोट सडक कालोपत्रे गरिएको छ । प्रदेश र पालिकाको ५०/५० प्रतिशतको साझेदारीमा ९२ लाख २१ हजार ३६३ रुपियाँमा सडक कालोपत्रे गरिएको हो । कोइराला निर्माण सेवाले गरेको प्रिमिक्स कालोपत्रेसहित नाला नर्माण, मेसिनरी पर्खालसमेत निर्माण गरिएको छ ।