• १२ असार २०८१, बुधबार

माछा मार्ने क्रममा करेन्ट लागेर लागेर एकको मृत्यु

blog

राधाकृष्ण डुम्रे
वालिङ, भदौ २२ गते ।  स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 
वालिङ नगरपालिका वडा नं. ६ रसखोलामा माछा मार्ने क्रममा स्थानीय ३६ वर्षका यमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो । पाँच जना साथीहरू मिलेर माछा मार्न गएका थापाको आज बिहान २ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ । 
प्रहरीले माछा मार्न गएका अन्य व्यक्तिहरू वालिङ ६ थापा डाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका १० का ३७  वर्षीय दीपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिका घर भई हाल वालिङ ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका ६ घर भई तारादेवी ब्लक उद्योगमा नै काम गर्ने वर्ष ६० को बलदेव रानालाई प्रहरीले पक्राउ गरेको छ । 
उनीहरूको साथबाट माछा मार्न प्रयोग हुने तार, रड र बाँसको भाटासहित नियन्त्रणमा बरामद गरिएको सूचना अधिकारी लामाले जानकारी दिनुभयो । शवलाई पोस्टमार्टमको लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा राखिएको र थप अनुसन्धान कार्य जारी प्रहरीको भनाइ छ ।