• १२ मंसिर २०८१, बुधबार

चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा

blog

फाइल तस्बिर

काठमाडौं, भदौ २० गते । चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा आएको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तको नान्शा बन्दरगाहबाट दक्षिण अमेरिकाको पूर्वी भगमा नयाँ नियमित सिधा ढुवानी सेना सञ्चालनमा आएको हो । उद्घाटन समारोहमा एक कार्गो जहाज बन्दरगाहबाट ब्राजिल प्रस्थान गरेको थियो ।

बन्दरगाहका अधिकारीका अनुसार यो सेवा यस वर्ष ब्रिक्स देशको बैठकमा छलफल भएअनुसार सुचारु भएको ब्रिक्स देशका लागि पाँचौँ अन्तर्राष्ट्रिय समुद्री मार्ग हो । जसले दक्षिण अमेरिका र ग्वाङडोङ-हङकङ-मकाओ ग्रेटर बे क्षेत्रबीचको व्यापारलाई वृद्धि गर्नेछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल