• १२ असार २०८१, बुधबार

कुवेतमा अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्रा प्रदर्शनी

blog

काठमाडौं, भदौ २० गते । कुवेतले अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्राको प्रदर्शनी सुरु गरेको छ । कुवेत राष्ट्रिय संग्रहालयले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय सिक्का र कागजी मुद्राको प्रदर्शनी सुरु गरेको हो ।

राष्ट्रिय संस्कृति, कला तथा साहित्य परिषद् (एनसीसीएएल) को संरक्षणमा कुवेत र फिलोटेलिक एण्ड कोइन कलेक्टर्स एशोसिएशनको सहकार्यमा सोमबारदेखि प्रदर्शनी सुरु भएको हो । कुवेत, इजिप्ट, प्यालेस्टाइन, इरान, अफगानिस्तान, साउदी अरेबिया, भरत, युनाइटेड किङडम र अन्य केही देशसहितका विभिन्न कालखण्डका सिक्का र कागजी रुपियाँ प्रदर्शनी गरिएको छ ।

देशहरुको सांस्कृतिक र ऐतिहासिक विविधता र तिनीहरुको मौद्रिक प्रणालीलाई हाइलाइट गर्ने उद्देश्यले प्रदर्शनी गरिएको हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल