• ११ असोज २०८१, शुक्रबार

साइप्रस, इजरायल र ग्रिसद्वारा ऊर्जामा लगानी बढाउने सहमति

blog

ऊर्जामा लगानी बढाउन साइप्रस, इजरायल र ग्रिसबीच सहमति । तस्बिर : सिन्ह्वा

काठमाडौं, भदौ १९ गते । साइप्रस, इजरायल र ग्रिसले ऊर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भूमध्यसागरबाट युरोपसम्म ऊर्जा कोरिडोरको सहयोगलाई तीव्र पार्न सहमत भएका हुन् ।

तीन देशका नेताहरुबीच निकोसियामा भेट भएको थियो । तीन देशका नेताहरूको संयुक्त बयानमा भूराजनीतिक विकासका कारण ऊर्जा विविधता र अन्तरसम्बन्ध बढाउन आवश्यक ठानेर पूर्वी भूमध्यसागरबाट युरोपसम्म ऊर्जा विस्तार गर्न सहमति जुटेको बताइएको छ ।

बैठकमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिट्स र इजरायल र ग्रिसका प्रधानमन्त्री क्रमशः बेन्जामिन नेतान्याहू र किरियाकोस मित्सोटाकिसले ऊर्जा क्षेत्र, प्राकृतिक ग्यास उत्पादन, बिजुली, नवीकरणीय ऊर्जा क्षेत्रमा सहयोगको बलियो आधार बनेको बताइएको छ ।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेतान्याहुले इजरायल र साइप्रसले आगामी तीनपछि पाँच महिना भित्रमा युरोपमा प्राकृतिक ग्यास निर्यात गर्ने निर्णय गरेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल