काठमाडौं, भदौ १९ गते । टर्कीको वार्षिक मुद्रास्फीति अगस्टमा बढेर ५८.९४ प्रतिशत पुगेको छ । टर्की लिराको घट्दो मूल्य र हालैका कर वृद्धिका कारण गत वर्ष अक्टोबरपछि वृद्धि भएको हो ।
टर्किस तथ्याङ्क संस्थानको तथ्याङ्कले अगस्टमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मासिक ९.०९ प्रतिशतले बढेको देखाएको छ । सीपीआइले अक्टोबर २०२२ मा ८५.५१ प्रतिशतबाट जुन २०२३ मा ३८.२१ प्रतिशतमा लगातार गिरावट आएको बताएको छ ।
वार्षिक मुद्रास्फीति जुलाईमा ४७.८३ प्रतिशतले बढेको र यो गत वर्षको अक्टोबरपछि पहिलो पटक बढेको बताइएको छ । अगस्ट २४ मा टर्कीको केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न १७.५ प्रतिशतबाट २५ प्रतिशतमा ७५० आधारबिन्दु अपेक्षाभन्दा ठूलो ब्याजदर वृद्धि गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानले पूर्वबैंकर हाफिज गे एरकानलाई केन्द्रीय बैंक गभर्नर र मेहमेट सिमसेकलाई ट्रेजरी र वित्त मन्त्रालयको प्रमुखको रुपमा नियुक्त गरेपछि केन्द्रीय बैंकले नयाँ नियम लागू गरेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल