• १२ मंसिर २०८१, बुधबार

पुटिन र एर्दोगनबीच ‘ब्ल्याक सी ग्रेन’ सम्झौताबारे छलफल

blog

काठमाडौं, भदौ १९ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनबीच ‘ब्ल्याक सी ग्रेन’बारे छलफल भएको छ ।

सोमबार रुसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्रप्रमुखबीच ब्ल्याक सी ग्रेनको सम्झौताबारे छलफल भएको हो । बैठकपछि बोल्दै टर्कीका राष्ट्रपति एर्दोगनले विश्वलाई ब्ल्याक सी ग्रेन इनिसिएटिभबारे सन्देश दिनु भनेको अविकसित अफ्रिकी देशहरुका लागि एक कदम अघि बढ्नु रहेको बताउनुभयो ।

एर्दोगन र पुटिनबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दामा पनि छलफल भएको छ । टर्की र रुस बीचको वैदेशिक व्यापार मात्रा ६२ बिलियन अमेरिकी डलर रहेको र सय बिलियन पुग्ने लक्ष्यतर्फ अग्रसर भएको राष्ट्रपति एर्दोगनले बताउनुभयो । टर्कीले रुस र युक्रेनबीच मध्यस्थकर्ताको रुपमा काम गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल