हङकङ, भदौ १९ गते । हङकङको पुरानो सैन्य किल्लामा अवस्थित सङ्ग्रहालय हङकङको सैन्य क्षेत्रको इतिहास हो । हङकङको म्युजियम अफ कोस्टल डिफेन्सलाई १८८७ मा बनाइएको ल्यामुन फोर्टबाट ल्यामुन पासको हेडल्याण्डमा परिणत गरिएको थियो ।
सङ्ग्रहालय नजिकै घुमाउरो पहाड मार्गमा पिलबक्स र तोपका गोलाहरु छन् । द्वितीय विश्वयुद्धपछि रणनीतिक रुपमा महत्त्वपूर्ण मानिएको थिएन । तर यसको ऐतिहासिक महत्त्व र अद्वितीय वास्तुकलाका विशेषतालाई मध्यनजर गर्दै हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले यसलाई सङ्ग्रहालय बनायो र सन् २००० मा सर्वसाधारणका लागि खुला गरेको थियो ।
व्यवस्थित बनाएपछि सङ्ग्रहालय २०२२ मा पुनः खोलिएको थियो । संग्रहालय सैन्य थिममा आधारित छ । यो सङ्ग्रहालयले आगन्तुकका लागि स्मरणीय बनाउने सरकारले विश्वास लिएको नतालीले बताउनुभयो ।
हङकङ म्युजियम अफ कोस्टल डिफेन्सका सहायक क्युरेटर फ्रान्को येउङले हङकङको समुन्द्री रक्षा सेवा ताङ राजवंशमा फेला पार्न सकिने र यो सङ्ग्रहालय सोही बेलाका स्मरणमा बनाइएको बताउनुभयो । हङकङले जलमार्ग, व्यापार र वाणिज्यको रक्षा गर्न टुएन मुन वरपर सैन्य शहर स्थापना गरेको थियो । २१ औं शताब्दीमा पुरानो इतिहासलाई स्मरणमा ल्याउन हङकङले सो सङ्ग्रहालय बनाएको बताउनुभयो ।
हङकङ म्युजियम अफ कोस्टर डिफेन्स क्षेत्रको एक मात्र सैन्य सङ्ग्रहालय हो । लेउङका अनुसार यो सन् २०२२ मा पुनः खोलिएदेखि सङ्ग्रहालयले हङकङमा जापानी आक्रमणको इतिहास, हङकङको युद्ध, हङकङ कोउलुन स्वतन्त्रता बिग्रेड अफ द इस्ट रिभर कोलमसँग जनचेतना फैलाउने सामग्री राखिएको छ ।
८ डिसेम्बर १९९४ मा जापानी सेनाले हङकङमा आक्रमण गरेको थियो । १८ दिनको युद्धपछि हङकङ तीन वर्ष आठ महिना जापानी अधीनमा रह्यो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल