गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले धारणा राखिरहनुभएको छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आफ्नो मन्त्रालयका विषयमा उठेका जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची छ ।