• ३१ वैशाख २०८१, सोमबार

उद्योग क्षेत्रमा लोडसेडिङ गर्नुहुँदैन :पूर्व अर्थमन्त्री पाण्डे

blog

नेकपा (एमाले) का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १७ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गरिरहेको बताउनुभएको छ । 

आइतवार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती’ विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

पूर्व अर्थमन्त्री पाण्डेले उद्योग बिस्तार गर्न विद्युत सरकारले दिनुपर्नेमा उद्योगहरुमा दैनिक १६–१७ घण्टा लोडसेडिङ गर्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले सरकारले उद्योग व्यवसाय बिस्तार गर्न विद्युत सहजरुपमा उपलब्ध गराएर उद्योग क्षेत्रमा लोडसेडिङ अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले जनगुनासो आउने ठाउँमा सरकारले प्राथमिकता राखेर विद्युत दिएर उद्योगहरुमा काट्दा लोडसेडिङको मारमा उद्योगहरु रहेको उल्लेख गर्नुभयो । उहाँले उद्योग व्यवसायी र उद्योगीहरुको यस्तो समस्या चाँडै समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । 

शेयरबजारको १२ करोडको सीमा हटाएर कुल कर्जाको १० वा त्योभन्दा तल यति प्रतिशत भनेर तोकिदिनुपर्ने उहाँले बताउनुभयो । उहाँले १० प्रतिशत कायम गरे पनि करिव ५ खर्ब कर्जा शेयरबजारमा जाने भन्दै यसलाई बैंकले व्यवस्थापन गर्नसक्ने बताउनुभयो । 

उहाँले नेपाल राष्ट्र बैंकले पुँजीबजारको खुद्रा व्यवस्थापनमा लाग्न नहुने उल्लेख गर्नुभयो । शयरको मूल्य घटेपछि मार्जिन कल बढ्ने भएकाले राष्ट्र बैंकले समयमै ध्यान दिनसक्ने पुँजीबजारमा सुधार आउन र अर्थतन्त्र पनि चलायमान हुने उहाँको सुझाव छ ।  

विश्वका कुनै पनि ठूला व्यवसायीहरुले जेल गएर बस्नुपर्ने अवस्था नभएको भन्दै सरकारले नेपालका ठूला व्यवसायीलाई हिरासतमा लिएको भन्दै असन्तुष्टि उहाँले जनाउनुभयो । व्यवसायी मिनबहादुर गुरुङलाई जेलमा हालेर मुद्दा चलाएको भन्दै २८ वटा भाटभटेनी भएको घर बोकेर गुरुङ विदेश नजाने बताउनुभयो ।