• १२ मंसिर २०८१, बुधबार

चट्याङ लागेर दश जनाको मृत्यु

blog

भुवनेश्वर,  भदौ १७ गते । उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ । 

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो ।  रासस/एएनआ