• १२ मंसिर २०८१, बुधबार

आदित्य एल–१ अन्तरिक्षमा

blog

नयाँदिल्ली, भदौ १६ गते । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज (शनिबार) आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१ प्रक्षेपण गरिएको हो ।

सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल–१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो)ले जनाएको छ ।

यसैबीच, भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले  सूर्ययानको सफल प्रक्षेपण गरेकामा इसरोका वैज्ञानिकहरूप्रति बधाई ज्ञापन गर्दै भारतको अन्तरिक्ष इतिहासमा नयाँ इतिहास रचना भएको बताउनुभएको छ । सूर्ययान सफलतापूर्वक प्रक्षेपण भएकामा त्यसले विश्वभर देशको प्रतिष्ठा बढाएको बताउनुभएको छ । रासस/एएनआई