• १० मंसिर २०८१, सोमबार

साताका सात तस्बिर

blog

चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेबाट देखिएको त्रिशूली र सेती नदीको सङ्गमस्थल गाईघाट । तस्बिर: कृष्ण आचार्य/रासस

पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर १ सँग जोडिएको जङ्गलबाट अवैध कटानी गरी साइकलमा काठ दाउरा लोड गरेर ल्याइँदै । राम्रो काठलाई बन्चरोले चिरेर यसरी ल्याइने गरिन्छ। तस्बिर: दीपकप्रसाद गौतम


बागमती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै र्‍याफ्टिङ गराइएको हो । बागमती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन  र्‍याफ्टिङमार्फत जल बिहार गराएको हो । दर्जनौँ बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल बिहार गराइएको हो । तस्बिर: कविन अधिकारी 


प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा हेर्न काठमाडौँस्थित बौद्धमा पुगेका दर्शक । तस्बिर: सुजन गुरुङ 


सङ्खुवासभाको खाँदबारीमा गाई जात्राको अवसरमा निकालिएको लाखेहरू । पछिल्लो समय संस्कृति संरक्षण गर्न सङ्खुवासभाका नेवार समुदायले युवादेखि बालकसम्मलाई लाखे नाच्न प्रशिक्षण दिन थालेका छन् । तस्बिर सुजन बज्राचार्य/रासस


घोराही उपमहानगरपालिका –६ मा रहेको बबई नदीमा आज जनैपूर्णिमाका अवसरमा गङ्गा स्नान गर्दै सर्वसाधारण । तस्बिरः रञ्जिता अधिकारी/रासस


एसिया कप क्रिकेट-२०२३ को उद्घाटन खेलको टसपछि पाकिस्तानका काप्तान बाबर आजमलाई मायाको चिनु प्रदान गर्नुहुँदै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल । तस्बिरः क्रिकइन्फो