• १२ मंसिर २०८१, बुधबार

अस्ट्रेलियामा गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह

blog

अस्ट्रेलिया, भदौ १६ गते । अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद् बाट सतर्क रहन चेतावनी जारी गरिएको छ ।

जङ्गलमा डढेलो लाग्नसक्ने र गर्मी अत्यधिक बढ्नसक्ने भन्दै सबैलाई सतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो । बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ ।

त्यस्तै तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जङ्गलमा डढेलोको सम्भावना उच्च रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने बताइएको छ ।

अहिले अस्ट्रेलियाको तापक्रम १९६१-१९९० को औसतभन्दा १.५४ डिग्री सेन्टिग्रेडभन्दा माथि चलिरहेको छ । यो १९९६ पछिकै सबैभन्दा गर्मी भएको हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल