• १२ मंसिर २०८१, बुधबार

इराकद्वारा १० करोड ६० लाख ब्यारेल बढी कच्चा तेल निर्यात

blog

इराक, भदौ १६ गते । इराकले अगस्टमा १० करोड ६० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । जसबाट ८.८५ बिलियन अमेरिकी डलर राजश्व उठेको छ । अगस्टमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८३.३५ डलर थियो ।

मन्त्रालयले स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्याङ्कलाई उद्धृत गर्दै एक विज्ञप्तिमा भनिएको छ । मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिब १०५.२३ मिलियन ब्यारेल, उत्तरी प्रान्त निनेवेहकको कयारा तेल क्षेत्रबाट चार लाख २१ हजार १८६ ब्यारेल र छिमेकी जोर्डनमा चार लाख ६४ हजार ७२५ ब्यारेल पठाइएको बताइएको छ ।

इराकको अर्थतन्त्र कच्चा तेलमा निर्भर छ । जसले देशको राजश्वको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल