• १५ असार २०८१, शनिबार

भारतको कुल गार्हस्थ्य उत्पादन अप्रिल–जुनमा ७.८ प्रतिशतले वृद्धि

blog

नयाँदिल्ली, भदौ १६ गते । भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अप्रिल-जुन त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको छ ।

यो जनवरी-मार्च त्रैमासिकमा भएको ६.१ प्रतिशत जिडिपी वृद्धि दर भन्दा उच्च हो । तर अघिल्लो वर्षको अप्रिल-जुन त्रैमासिकमा रेकर्ड गरिएको १३.१ प्रतिशतभन्दा धेरै कम हो ।

बिहीबार जारी तथ्याङ्कले भारतीय अर्थतन्त्रको वृद्धिमा अर्थमन्त्री निर्मला सीतारमणको देन रहेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल