• १६ वैशाख २०८१, आइतबार

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

blog

इजिप्ट, भदौ १५ गते । इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जीर्णोद्धारपछि पुनः खुला गरिएको छ । बिहीबार प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गर्नुभएको इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले यहुदी दार्शनिक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औं शताब्दीको रहेको र योभन्दा पहिला मन्दिरको पुनर्निर्माण सन् १८८० मा गरिएको बताएको छ ।

यो मन्दिर एकपटक इजिप्टमा यहुदीहरुको उत्सव, जमघट स्थल र प्रार्थनाको केन्द्र बनेको थियो । यो मन्दिर सन् १९५० को दशकमा अधिकांश यहुदी समुदायले छोडेपछि पर्यटकको आकर्षणमा परेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल