• १६ वैशाख २०८१, आइतबार

मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनायो

blog

मलेसिया, भदौ १५ गते । मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनाएको छ । बिहीबार देश स्वतन्त्र भएको ६६ औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो ।

बुधबार मध्यरातपछि हजारौँ मलेसियाली देशभक्त गीतहरु र अन्य गतिविधि गरेर ६६ औं वर्षदिन मनाएका थिए । बिहीबार बिहान पुत्रजयाको प्रशासनिक केन्द्रमा राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहको निरीक्षणमा परेड उत्सव समापन भएको थियो ।

मलेसियाका राजासँगै प्रधानमन्त्री अनवर इब्राहिम, मन्त्रिपरिषद्का सदस्यहरु र अन्य अधिकारीका साथै हजारौँ सैनिक, नागरिकहरु उपस्थित थिए ।

जनतालाई सम्बोधन गर्नुहुँदै राजा सुल्तानले दक्षिणपूर्वी एसियाली देशको सद्भाव र कल्याणका लागि एकता महत्त्वपूर्ण भएको बताउनुभयो । अगस्ट ३१, १९५७ मा तत्कालीन मलाया सङ्घले ब्रिटिस शासनबाट स्वतन्तत्रा पाएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल