• १५ वैशाख २०८१, शनिबार

सीमा समस्या समाधानका लागि इजरायलसँग वार्ता गर्न लेबनान तयार

blog

लेबनान, भदौ १५ गते । इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न लेबनान तयार भएको छ ।

लेबनानका विदेशमन्त्री अब्दुल्ला बौ हबीबले इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न आफूहरु तयार रहेको बताउनुभएको हो ।

लेबनान र इजरायलबीच समुद्री सीमा सीमाङ्कन भइसकेसँगै भूमि सीमाङ्कनका लागि पनि वार्ता गर्न लागिएको हो ।

सीमा समस्यालाई वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्ने बताउनुभयो । अहिले इजरायल र लेबनानबीच १३ वटा स्थानमा विवाद छ । सन् २००६ मा एक महिना लामो युद्धपछि दुई देशबीच छलफलबाट समस्या समाधान हुँदै आइरहेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल ।