• १६ वैशाख २०८१, आइतबार

संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’ को निन्दा

blog

संयुक्त राष्ट्रसंघ, भदौ १४ गते । संयुक्त राष्ट्रसङ्घले ग्याबोनमा भएको ‘कु’को निन्दा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार ग्याबोनमा भएको ‘कु’को निन्दा गर्नुभएको हो । गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफ्रिङमा सोबारेमा जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘महासचिवले ग्याबोनको विकसित अवस्थालाई नजिकबाट नियालिरहनुभएको छ । मौलिक स्वतन्त्रताको गम्भीर उल्लङ्घनको रिपोर्टका बीचमा चुनावको नतिजा घोषणालाई उहाँले गम्भीर चिन्ताका साथ हेर्नुभएको छ । ‘कु’ प्रयासको संयुक्त राष्ट्रसङ्घ निन्दा गर्दछ । देशमा सबैलाई संयम अपनाउन र समावेशी वार्तामा संलग्न हुन आह्वान गर्दछु ।’’

उहाँले राष्ट्रपति र उनको परिवारको सुरक्षा गर्न राष्ट्रिय सेना र सुरक्षा बलहरूलाई आग्रह गर्नुभयो । उहाँले ग्याबोनका जनताको साथमा संयुक्त राष्ट्र सङ्घ रहेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल