• १६ वैशाख २०८१, आइतबार

पेरिसमा अब सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

blog

फ्रान्स, भदौ १४ गते । फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरूलाई प्रतिबन्ध लगाइने भएको छ । शुक्रबारबाट सहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरू चलाउन नपाइने भएको हो ।

यस वर्षको अप्रिल २ मा एक लाख पेरिसवासीले गरेको मतदानमा लगभग ९० प्रतिशत मतदाताले सार्वजनिक इलेक्ट्रिक स्कुटर, अपरेटर र पेरिस सहरकोबीचमा भएको सम्झौताको विरुद्धमा मतदान गरेका छन् । इलेक्ट्रिक स्कुटर सार्वजनिक रूपमा भाडामा लिएर चलाउन पाउने अभियान सन् २०१८ मा सुरु गरिएको थियो ।

एक पेरिस निवासीले विद्युतीय सार्वजनिक स्कुटर हटाउनु राम्रो नभएको बताउनुभयो । मेट्रो र आफैँ निजी सवारी चलाउन नसक्नेहरूका लागि सार्वजनिक विद्युतीय स्कुटर राम्रो भएको बताउनुभयो ।

अर्का एक स्थानीयले इलेक्ट्रिक स्कुटर आरामदायी रहेको बताउनुभयो । उहाँले नजिकैको स्थानमा घुम्नका लागि यो एकमात्र सही साधन भएको जानकारी दिनुभयो । केही दुर्घटना हुनेकुरा सामान्य भएको र त्यसलाई कम गद लैजान सकिने उहाँको भनाइ थियो । सार्वजनिक यातायात सबै बन्द भइसकेपछि इलेक्ट्रिक स्कुटर नै एकमात्र माध्यम बन्ने बताउनुभयो ।

ट्याक्सीभन्दा सस्तो भएकाले यसले धेरै मानिसहरूलाई सहज बनाउने बताउनुभयो । उहाँले सहरमा किन सार्वजनिक विद्युतीय स्कुटरमा प्रतिबन्ध लगाइएको हो भन्नेकुरा आफूले बुझ्न नसकेको बताउनु भयो । ईस्कुटर प्रतिबन्ध लगाउनु राम्रो विचार नभएको बताउनुभयो ।

अर्का एक बासिन्दाले भने ई.स्कुटरले धेरै दुर्घटना निम्त्याएकाले प्रतिबन्ध लगाउनु राम्रो भएको बताउनु भयो ।

ईस्कुटर प्रतिबन्ध लगाउँदा पैदल यात्रु दुर्घटनाबाट बच्ने उहाँको भनाइ छ । ईस्कुटर चलाउनेले ट्राफिक नियमको पालना नगर्दा धेरै दुर्घटना भएकाले यो निर्णय गरिएको हुनसक्ने बताउनु भयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल