• १६ वैशाख २०८१, आइतबार

आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु

blog

जोहानेसवर्ग, भदौ १४ गते । दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव फेला परेको तथा ४३ जना घाइते भएका छन् ।

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । रासस/एएफपी