फडिन्द्र अधिकारी
लेखनाथ, भदौ १३ गते । नेपाली कांग्रेसका नेताहरूले संविधान कार्यान्वयन ढिलो भएका कारण जनअपेक्षाअनुरूप समृद्धिको काम हुन नसकेको बताउनुभएको छ । पोखरामा आज आयोजित टक सेन्टरको कार्यक्रममा वक्ताहरूले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा कुन्दनराज काफ्ले र भूपेन्द्र राई, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, प्रदेशसभा सदस्य कल्पना तिवारी, पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानलगायतले बोल्नुभएको थियो ।
वक्ताहरूले राज्य सञ्चालकले जनतासँग बारम्बार गरेका वाचा पूरा गर्न नसकेको औँल्याउनुभयो । संविधान नै कार्यान्वयन नहुने र ऐन नबने यो व्यवस्था संस्थागत हुन निकै कठिन हुने उहाँहरूको भनाइ छ ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला तत्कालीन नेकपा माओवादीसँग विस्तृत शान्ति सम्झौताका बेला सरकारको तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ त्यसबेला काङ्ग्रेस महामन्त्री र सरकारका गृहमन्त्रीसमेत हुनुहुन्थ्यो ।
टक सेन्टरले काठमाडौँ र विराटनगरपछि पोखरामा तेस्रो कार्यक्रम गरेको हो । सेन्टरका सदस्य जितबहादुर शेरचनले चाडै प्रधानमन्त्री, संविधान मस्यौदा समितिका संयोजक डा बाबुराम भट्टराईसहित संविधानविद्, किसान, मजदुर सबैलाई समेटेर कार्यक्रम गर्ने बताउनुभयो ।