• १२ मंसिर २०८१, बुधबार

बिपीले तीन वर्षमा इजिप्टमा ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने

blog

इजिप्ट, भदौ १२ गते । ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बिपी) ले आगामी तीन वर्षमा इजिप्टमा आफ्ना साझेदारहरूसँग ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । इजिप्टको राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र बिपीका कार्यकारी निर्देशक बर्नार्ड लुनीबीचको भेटपछि यो घोषणा गरिएको हो । लुनिनले लगानीले अनुसन्धान, अन्वेषण र विकासका क्षेत्रलाई समेट्ने बताउनुभयो ।

इजिप्टका राष्ट्रपतिले बेलायती कम्पनीको इजिप्टमा विस्तार भइरहेको र लगानीका साथै ग्यास र तेलको खोज र उत्पादनमा योगदान हुने विश्वास व्यक्त गर्नुभयो । बिपीले विगत ६० वर्षमा इजिप्टमा ३५ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरेको बताएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल