• ७ जेठ २०८१, सोमबार

छब्बीस लाख रुपियाँ सहित भारतीय नागरिक पक्राउ

blog

प्रहरीले महोत्तरीको सीमावर्ती मटिहानीबाट व्यक्तिसहित पक्राउ गरेको स्राेत नखुलेको नेपाली नोट । तस्विरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ १२ गते । सीमा क्षेत्रबाट प्रहरीले स्राेत नखुलेका भारी परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पञ्चायत ४ का २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो । 

उनको साथबाट स्राेत नखुलेको २६ लाख बराबरका नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका नोटमा हजार, सय र पचास दरका  नेपाली रुपियाँ छन् । प्रहरीले मटिहानी ३ स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर अगाडि चेक प्वाइन्ट थापेर साहलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीका अनुसार ज१२प १६४४ नं को मोटरसाइकलबाट आउँदै गरेका साहलाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई राखेको अवस्थामा उक्त नोट फेला परेको हो ।