काठमाडौं, भदौ ११ गते । सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौँ डफ्फाका ७१ जना शान्ति सैनिक सोमबार मिनुस्का प्रस्थान गरेको छन् ।
प्रमुख सेनानी अशोक कुमार मल्लको नेतृत्वमा रहेका उक्त टोली संयुक्त राष्ट्रसङ्घको चार्टर्ड विमानद्वारा सेन्टर अफ्रिका रिपब्लिकमा तैनाथ उक्त मिसनमा सहभागी हुन प्रस्थान गरेका हुन् । यसअघि आइतबार मात्र सोही मिसनमा सहभागी आठौँ डफ्फाका ७१ जना सैनिक प्रमुख सेनानी भगत तामाङको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए ।
हाल विभिन्न १३ मिसनहरूमा ६०७० जना शान्ति सैनिकसहित नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने सदस्य राष्ट्रमध्ये शीर्ष दोस्रो स्थानमा रहेको छ । यस्तै, नेपालबाट ५६४ महिला शान्ति सैनिकका रूपमा खटिएका छन् । जुन महिलाहरूतर्फ शान्ति सेनामा संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा ठुलो सहभागिता हो ।