• २९ पुस २०८१, सोमबार

एबीयु रोबोकन प्रतियोगिता सम्पन्न : नेपाल पनि सहभागी

blog

कम्बोडिया, भदौ ११ गते । एसिया प्यासिफिक ब्रोडकास्टिङ युनियन एसिया प्यासिफिक रोबोट प्रतियोगिता २०२३ (एबीयु रोबोकन) आइतबार कम्बोडियामा सम्पन्न भएको छ ।

आइतबारबाट सुरु प्रतियोगितामा १० भन्दा बढी देशका १४ विश्वविद्यालयका टोलीले सहभागिता जनाएका हुन् । देशको राजधानी नोम पेन्हेस्थ्ति मोरोडोक टेको राष्ट्रिय रङ्गशालामा आयोजित उक्त कार्यक्रममा कम्बोडिया, चीन, इजिप्ट, भारत, इण्डोनेसिया, जापान, मलेसिया, मङ्गोलिया, नेपाल, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका विश्वविद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै कम्बोडियन सूचनामन्त्री नेथ फेक्त्राले यस अन्तर्राष्ट्रिय कार्यक्रमले विश्वविद्यालयका विद्यार्थीहरूलाई आफ्नो प्राविधिक क्षमता प्रदर्शन गर्ने, अनुभव साट्ने र सांस्कृतिक विविधता देखाउने अवसर प्रदान गरेको बताउनुभयो ।

कम्बोडियाले आयोजना गरेको यो पहिलो कार्यक्रम भएको उल्लेख गर्नुहुँदै प्रतियोगिताले देशको रोबोट प्रगतिलाई विश्वसामु देखाउने जानकारी दिनुभयो । जसमा जापान एबीयु रोकोकन २०२३ को ग्राण्ड प्रिक्सको विजेता भएको छ भने त्यसपछि क्रमशः दोस्रो स्थानमा हङकङ छ भने चीन र भियतनाम तेस्रो स्थानमा छन् । यो कार्यक्रम २०२४ मा भियतनाममा हुनेछ । सिन्ह्वा