• ७ जेठ २०८१, सोमबार

नबिललाई ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’

blog

काठमाडौँ, भदौ ११ गते । नबिल बैङ्क लिमिटेड बैङ्क तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरसिप एकाडेमीले शुक्रबार आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रममा बैङ्कलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाल बैङ्कर्स एसोसिएनका अध्यक्ष सुनिल केसीले नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो । 

मर्जर एक्विजिसनपश्चात्का वर्षहरूमा बैङ्कहरूमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्थाभन्दा भिन्न हिसाबले नबिल बैङ्कले आर्थिक वर्ष २०७९/८० मा बैङ्किङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल भएकाले यो अवार्डमा छनोट भएको आयोजकको भनाइ छ । 

कार्यक्रममा नबिललगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङको विभिन्न विधामा अवार्डबाट सम्मानित गरिएको थियो ।