नयाँदिल्ली, भदौ ८ गते । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । एक प्रहरी अधिकारीका अनुसार बुधबार पुल भत्किँदा अहिलेसम्म मृतकको सङ्ख्या २६ पुगेको हो ।
मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ ।
मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभयो । पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुका साथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सिन्ह्वा