• ७ जेठ २०८१, सोमबार

सेती नदी किनारमा महिला मृत फेला

blog

अमरराज नहर्की

तनहुँ, भदौ ५ गते । तनहुँको भिमाद नगरपालिका–६, सेती नदीको किनार घुमाउनेमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । 

कास्कीको पोखरा महानगरपालिका–३२ की रमा थापा मङ्गलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । 

नदीले बगाएर ल्याएको शव फेला परेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको खाँडले बताउनुभयो ।