• २ जेठ २०८२, शुक्रबार

राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत ।

काठमाडौं, भदौ ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मङ्गलबार साउदी अरब प्रस्थान गर्नुभएको छ । 

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज साउदी अरब र युएईको निमन्त्रणमा विभिन्न कार्यक्रममा सहभागी हुन विदेश जानुभएको जानकारी दिनुभयो । उहाँ राप्रपा केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकरीसहित भ्रमणमा जानुभएको हो । 

भ्रमणका क्रममा प्रमुख सहरहरु जेद्दा, दमाम र रियादका विभिन्न नेपाली सङ्घसंस्था एवम् नेपाली समुदायसँग भेटघाट एवम् अन्तरक्रिया गर्ने, राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष लिङ्देन भदौ १२ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।