• १२ मंसिर २०८१, बुधबार

रेडियोधर्मी विकिरणले दूषित पानी प्रशान्त महासागरमा फाल्ने जापानको निर्णय

blog

जापान, भदौ ५ गते । जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको रेडियोधर्मी विकिरणले दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बिहीबारदेखि रेडियोधर्मी विकिरणले दूषित पानी महासागरमा फाल्ने निर्णय गरेको हो ।

सरकारको सो निर्णयको चौतर्फी विरोध भइरहँदा सरकारले भने रेडियोधर्मी विकिरणले दूषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको छ । समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरूका साथै मत्स्य व्यवसायी र स्थानीयहरूले सरकारको निर्णयको विरोध गरिरहेका छन् ।

जापानी सरकारले रेडियोधर्मी विकिरणले दूषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरूले विरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् । सिन्ह्वा