• १२ मंसिर २०८१, बुधबार

सुदूरपश्चिममा प्रदेश सभा सदस्यको एक पद् रिक्त

blog

फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, भदौ १ गते। सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सभा सदस्यको एक पद् रिक्त भएको छ। प्रदेश सभा सदस्य एवम् तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि प्रदेश सभा सदस्यको एक पद् रिक्त भएको हो। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ। 

प्रदेश सभा सदस्य सिंहको निधनप्रति प्रदेश सभाबाट शोक प्रस्तावसमेत पारित भएकाले संविधानको धारा १८० को खण्ड (च) बमोजिम प्रदेश सभा सदस्य सिंहको बझाङ जिल्ला निर्वाचन क्षेत्र १ (१) को प्रदेश सभा सदस्य पद् गत असार ६ गतेदेखि रिक्त भएको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ। 

गत असार ५ गते सरकारी कामको सिलसिलामा डडेलधुराबाट बझाङ जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिका–१ जुवालीखेत देउरास्थित नयाँबगर भन्ने स्थानमा उहाँ सवार गाडी दुर्घटना भएको थियो। 

दुर्घटनामा मन्त्रीसिंहसहित उहाँको धर्मपत्नी र भाउजूसमेतको निधन भएको थियो। उहाँको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सभाको दोस्रो अधिवेशनको असार २५ गते बसेको १५ औं बैठकले शोक प्रस्ताव पारित गरेको थियो।

सिंह नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यमा विजयी हुनुभएको थियो।