• १२ मंसिर २०८१, बुधबार

इटालीको सार्वजनिक ऋण अहिलेसम्मकै धेरै

blog

इटली, भदौ १ गते । बैंक अफ इटालीले इटालीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ । बुधबार आयोजित पत्रकार सम्मलेनमा बैंक अफ इटालीले देशको सार्वजनिक ऋण २.८४३ ट्रिलियन युरो (३.०९ ट्रिलियन अमेरिकी डलर) बढेर नयाँ रेकर्ड कायम गरेको जनाएको हो ।

गत महिनाको तुलनामा यो सङ्ख्या २७.८ बिलियन युरोले बढेको हो । सन् २०२२ को अन्तिम तीन महिनामा गिरावट आएको थियो । तर यस वर्ष इटालीको सार्वजनिक ऋणको आकार हरेक महिना बढ्दै गइरहेको छ ।

ऋणको स्तर सरकारी उधारोको कारण बढेको हो । गत महिनाको तुलनामा यस महिना सरकारी ऋण १२.३ बिलियन युरोले बढेको बैंकले जनाएको छ । इटालीको सार्वजनिक ऋण सन् २०२२ मा देशको कुल गार्हस्थ्य उत्पादनको १४४.७ प्रतिशत थियो ।