• १२ मंसिर २०८१, बुधबार

टर्कीको इस्तानाबुलमा पानीको अभाव

blog

टर्की, साउन ३२ गते । टर्कीको ठूलो शहर इस्तानबुलका प्रमुख इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी बचत गर्न आह्वान गर्नुभएको छ ।

बुधबार नागरिकहरुलाई सुख्खा यामका कारण पानीको अभाव भएको भन्दै पानीको बचत गरी भविष्यमा आउनसक्ने समस्यालाई समाधान गर्न आह्वान गर्नुभएको हो ।

इस्तानबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँध भण्डारण दर गतवर्षको अगस्टमा ६१.८७ प्रतिशत थियो । जुन हालको भन्दा झण्डै दोब्बर हो । अहिले घटेर पानी जम्मा ३३.३७ प्रतिशत मात्रै जम्मा भएको छ ।

इस्तानबुल वाटर एण्ड सिवरेज एडमिनिस्ट्रेशन (आइएसकेआई) को आधिकारिक तथ्याङ्कअनुसार हाल पानी विगतको वर्षमा भन्दा झण्डै आधाले कम जम्मा भएको छ । शहरका लगभग १६ मिलियन नागरिकलाई आइएसकेआईले पानी बचत गर्ने उपायहरुको सूचीसमेत सिफारिस गरेको छ ।

जसमा बिग्रिएका धाराहरुबाट पानी खेर जान नदिनका लागि मर्मत गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने र आफ्ना सवारी साधनहरु सफा गर्दा बाल्टीमा पानी राखेर सफा गर्नेलगायतका उपायहरु सुझाएको छ । जसले गर्दा प्रत्येक व्यक्तिले प्रत्येक वर्ष क्रमशः ६ देखि १६ टनसम्म पानी बचत गर्नसक्ने बताइएको छ ।