• १२ मंसिर २०८१, बुधबार

सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न राष्ट्रपतिको आदेश

blog

सिरियाका राष्ट्रपति बसर अल असद ।

सिरिया, साउन ३२ गते । सिरियाका राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा वृद्धि गरेपछि सबै कर्मचारीको तलब बढाउन आदेश दिनुभएको छ ।

मङ्गलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरुको तलब बढाउन आदेश दिनुभएको हो । राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुका लागि सन् २०११ पछि नवौं पटक तलब वृद्धि भएको हो । अहिले देशको आर्थिक अवस्था सङ्कटमा छ । यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अमेरिकी डलरसम्म थियो ।

सिरियाका आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीका लागि डिजेलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ । इन्धनको मूल्य वृद्धिका कारण बुधबार धेरै बस चालकहरु काममा नगएपछि सडकमा यात्रुहरु अलपत्र परेका थिए । इन्धनको मूल्यवृद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।