• ४ जेठ २०८१, शुक्रबार

बिरुवा बाँड्दै गाउँपालिका

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन ३१ गते । सर्लाहीको दक्षिणपूर्वी भेगस्थित सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकाले निजी तथा सार्वजनिक जग्गामा वृक्षरोपण सुरु गरेको छ । 

‘सबसे बडा धन, बेटी और वन’ भन्ने मूल नाराका साथ गाउँपालिकाले मङ्गलबारदेखि पालिकाका बासिन्दालाई निःशुल्क रूपमा बिरुवा बाँड्न सुरु गरेको हो । मङ्गलबार वडा नं. १ का बासिन्दालाई अमेरिकी साल, अमलालगायत जातका बिरुवा वितरण गरी यो अभियान सुरु गरिएको सोही वडाका वडाध्यक्ष सतेन्द्र रायले जानकारी  दिनुभयो । 

उहाँका अनुसार एक जना बराबर पाँचदेखि १० वटासम्म बिरुवा बाँडिएको छ । वडा नं. १ का करिब दुई सय परिवारले मङ्गलबार वडा कार्यालयमा आएर निःशुल्क रूपमा बिरुवा लगेका छन् । गाउँपालिकाका अध्यक्ष धीरेन्द्र यादव (विस्पत), प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवलगायतले स्थानीयवासीलाई निःशुल्क बिरुवा उपलब्ध गराउने कार्यको शुभारम्भ गर्नुभयो । 

अब क्रमशः छवटै वडामा बिरुवा बाँड्ने योजना रहेको पर्सा गाउँपालिकाले जनाएको छ । सागरनाथ वन विकास परियोजनासँग समन्वय गरी गाउँपालिकाले पहिलो पटक पालिकाका बासिन्दालाई निःशुल्क रूपमा बिरुवा बाँड्न सुरु गरेको हो । सीमावर्ती (बोर्डर) क्षेत्रमा पर्ने आफ्नो पालिकाभित्र जङ्गल क्षेत्र नपर्ने र पछिल्लो समय अन्य ठाउँमा भएकै वनसमेत विनाश हुँदा जलवायुमा परिरहेको असरलाई ध्यानमा राखी गाउँपालिकाले रुखबिरुवा संरक्षण गर्नु आवश्यक छ भन्ने सन्देश दिन यो कार्यव्रmम ल्याएको गाउँपालिकाका अध्यक्ष विस्पतले बताउनुभयो ।