• ६ जेठ २०८१, आइतबार

छोराको हत्या गर्ने बाबु बीस वर्षपछि पक्राउ

blog

आफ्नै छोराको हत्या आरोपमा पक्राउ परेको वृद्ध महेश महतो । तस्बिर: गाेरखापत्र

विजयकुमार साह 

ढल्केवर, साउन २६ गते । आफ्नै छोराको हत्या आरोपमा एक जना वृद्धलाई २० वर्षपछि धनुषा प्रहरीले पक्राउ गरेको छ । हत्या आरोमा जिल्लाको मिथिला नगरपालिका–३, हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले विहीबार पक्राउ गरेको हो । 

२०६० मङ्सिर ४ गते आफ्नै छोरा १७ वर्षीय सोलिदर महतोलाई घाँटीमा गम्छा बेरेर हत्या गरेको अभियोगमा महेशलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले बताउनुभयो । 
घटना पश्चात् फरार रहेका महतोलाई घर आएको बेला नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । उहाँले यससम्बन्धीमा थप अनुसन्धान कार्य भइरहेको बताउनुभयो ।