• ६ वैशाख २०८१, बिहिबार

खोलामा बेपत्ता भएको तीन दिनपछि शव भेटियो

blog

मडाहा खोलाको बगरबाट बाढीले बगाएको एक स्थानीयको शव निकाल्ने प्रयास गर्दे सुरक्षाकर्मी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, साउन २५ गते । मडाहा खोलाको बाढीमा बेपत्ता भएका सोनमा गाउँपालिका–१ का ३८ वर्षीय जावीर अंसारीको शव फेला परेको छ ।

बाढीले बगाएको तीन दिनपछि अंसारीको शव सोनमा–१ गोवरैया टोलनजिक मडाहा खोलाको पूर्वी बगरमा आज अपराह्न फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताउनुभयो । 

वर्षा थामिएसँगै बाढी घट्दै गएपछि स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले तीन घण्टा लामो प्रयासपछि शव निकालेका थिए । बाढीको पानी जमेको करिब ५ फिट गहिरो खाल्डोमा खोजीगर्दा डोजरको सहायताले शव बाहिर ल्याएको प्रहरी निरीक्षक यादवले बताउनुभयो । 

मृतकका आफन्तले सनाखत गरेपछि प्रहरीले मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्ने तयारी भएको उहाँले बताउनुभयो । गौशलाबजार जानु भएका अंसारी मङ्गलबार राति अबेरसम्म परिवारको सम्पर्कमा नआएपछि बाटोमा पर्ने मडाहा खोलाको बाढीले बगाएको आशंकामा प्रहरी र गाउँलेले खोजी गर्दैआएका थिए ।