• १६ चैत २०८०, शुक्रबार

कांग्रेस सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

blog

कांग्रेस सांसद सुनिल शर्मा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २५ गते । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । 

मोरङ –३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको बताइएको छ । रासस