• २२ असार २०८१, शनिबार

डेङ्गु परीक्षण निःशुल्क

blog

रङ्गेली समाचारदाता

विराटनगर, साउन २५ गते । विराटनगर महानगरपालिकाले डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिकाभित्र डेङ्गु रोग पहिचानका लागि रानी अस्पताल र बैजनाथपुर अस्पतालमा परीक्षण सेवा सञ्चालनमा ल्याइएको हो । 

महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हैदर अलीका अनुसार सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा चिकित्सकको सिफारिसका आधारमा महानगरपालिकाले दुई स्थानमा किटबाट परीक्षण सेवा सुरु गरेको हो । 

विराटनगर महानगरपालिकाबाहेक डेङ्गुको किटबाट परीक्षण गर्दा निजी अस्पतालका लागि शुल्क निर्धारण गरिएको छ । जथाभाबी शुल्क लिने गरेको व्यापक गुनासो महानगरले सरोकारवालाको बैठक राखेर किटबाट परीक्षण गरिएको शुल्क छ सय रुपियाँ तोकेको जानकारी उहाँले दिनुभयो । 

महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासँग भएको छलफलपछि डेङ्गुको किटबाट परीक्षण गर्दा तत्कालका लागि छ सय रुपियाँभन्दा बढी लिन नपाउने गरी शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो ।