• १२ साउन २०८१, शनिबार

बैङ्क ब्याजदरको तुलना अब हाम्रो पात्रोमा

blog

काठमाडौं, साउन २२ गते । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैङ्क ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । एपमा सोमबारदेखि बैङ्क रेट नामक नयाँ फिचर थपिएको हो । 

जसको सहयोगमा प्रयोगकर्ताले निश्चित बैङ्कमा रहेका विभिन्न खाता तथा त्यसमा उपलब्ध ब्याजदर, कुन बैङ्कमा खाता खोल्दा धेरै ब्याज आउँछ अथवा कुन बैङ्कले सस्तो ब्याजदरमा ऋण दिन्छ भन्ने जस्ता जानकारी सहजै फेला पार्न सक्नेछन् । निश्चित बैङ्कमा रहेका विभिन्न खातामा उपलब्ध ब्याजदर थाहा पाउन बैङ्कको नाम र खाताको प्रकार छनौट गर्नुपर्ने हुन्छ । 

तर एक बैङ्कको ब्याजदरलाई अर्को बैङ्कको ब्याजदरसँग तुलना गर्नका लागि भने माथि दायाँ कुनामा रहेको तुलनाको आइकन (विपरीत दिशामा फर्किएका दुई धर्सा) मा क्लिक गरी (कम्पेर विथ) मा  तुलना गर्न चाहेका कुनै दुई खाता रोज्नुपर्ने हुन्छ । 

सब डोमेनको रूपमा राखिएको बैङ्क रेटभित्र बचत खातामा उपलब्ध ब्याजदर तुलना गरेजस्तै गरी विभिन्न बैङ्कहरूले दिने लोन (ऋण) को ब्याजदर समेत थाहा पाउन र तुलना गर्न सकिन्छ । 

यसका लागि तल बिच भागमा रहेको लोनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यससँगै ऋण रकमको किस्ता कति पर्न आउँछ भन्ने कुरा समेत थाहा पाउन सकिने ईएमआई क्याल्कुलेटर पनि दिइएको छ ।

बैङ्क रेट नामक फिचर सार्वजनिक गरेको हाम्रो पात्रोले सम्बन्धित बैङ्कहरूसँगको समन्वयमा यो सुविधालाई परिष्कृत गर्दै लैजाने योजना रहेको जनाएको छ ।