• २१ वैशाख २०८१, शुक्रबार

जनताको समस्याप्रति सरकार चिन्तित देखिएन : नेता महर

blog

काँग्रेस केन्द्रीय सदस्य नैनसिंह महरसहित नेताहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, साउन २० गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम युवा नेता नैनसिंह महरले पछिलो समय जनताको जनजीवन र समस्याप्रति वर्तमान सरकार सचेत र चिन्तित नदेखिको बताउनुभएको छ । 

काँग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको दश दिने अभियानको क्रममा शनिबार धनुषाको जनकपुरधाम आएका नेता महरले जनकपुर विमानस्थलमा प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

तुलनात्मक रुपमा सरकारले आफना गतिविधि बढाए पनि जनताको जनजीवनको सवालमा सरकार चुक्न थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “देशमा डेंगीरोग संक्रमणको समस्या, तराई मधेशमा पानी नपरेपछि खडेरीको समस्या, किसानले मल नपाएको समस्या, बाटोघाटो बन्दको समस्याहरु हुँदा सरकारले काम गर्न सकेन ।” 

सरकारलाई जनताको पक्षमा काम गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले गठबन्धन दलले निर्माण गरेको साझा न्यूनतम कार्यक्रम सरकारले जुन दिनसम्म कार्यान्वयन गर्छ, तबसम्म बिकल्प नखोजीने उहाँको भनाइ छ । 

बर्तमान गठबन्धन पाँच वर्षसम्म चल्ने भए पनि पाँच वर्षपछि अर्काको बैशाखीविना एक्लै हिडन सक्ने पार्टी बनाउन काँग्रेसका नेता कार्यकर्ता अघि बढेको उहाँले बताउनुभयो । चुनावका बेला पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख भएका कुराहरु कार्यान्वयन भएको छकि छैन भन्ने विषयमा पनि आफ्ना जनप्रतिनिधसँग छलफल गरी समीक्षा गरिने उहाँले बताउनुभयो ।