• ३० वैशाख २०८१, आइतबार

भरतपुर महानगर र चीनको सिगात्से सिटीबिच सहमति

blog

चितवन समाचारदाता

चितवन, साउन १९  गते ।  भरतपुर महानगरपालिका र चीनको सिँगात्से सिटीबिच आपसी हितको विषयमा सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । सिगात्से सिटीका प्रमुख वाड्ग फड्ग हुड्ग र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालबिच दुई सहरबिच एकआपसमा सहयोग आदनप्रदान गर्ने सहमति भएको हो । 

कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै  भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा दुवै सहरका प्रमुखबिच सहमति भएको हो । महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको बताउनुभयो । भेटघाटमा  प्रमुख दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा मनाउन लागेकाले आउन निमन्त्रणा दिनुभयो । सिगात्से सिटीका प्रमुख वाड्गले भरतपुर महानगरमा आवश्यक सहयोग गर्न  तयार रहेको बताउनुभयो । प्रमुख वाड्गले नेपाल र तिब्बत क्षेत्रसँग सडक र रेल सञ्जाल जोडेर अगाडि जान तयार भएकाले सरकारलाई ध्यानाकर्ष गराउन अनुरोध गर्नुभयो । 

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर र सिगात्सेबिच कायम रहेको भगिनी सम्बन्धलाई दुईपक्षीय भ्रमणका माध्यमबाट अझ प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो । महानगरपालिकाका प्रमुख दाहालको नेतृत्व रहेको आठ सदस्यीय प्रतिनिधि मण्डल सिगात्से पुगेको छ ।